छोराले दिए बुबालाई कलेजो

बाग्लुङ | साउन १२, २०७९

छोराले दिए बुबालाई कलेजो तस्बिर : निलेश राजभण्डारीको फेसबुक पेजबाट साभार


बागलुङ :   कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गर्नुभएको छ । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो ।

 

गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको राजभण्डारीले टेलिफोनमार्फत जानकारी दिनुभयो । “प्रत्यारोपण सफल भयो, अहिले बुबा र मेरो स्वास्थ्य अवस्था सामान्य नै छ”, उहाँले भन्नुभयो, “बुबा अझै केही दिन चिकित्सकीय निगरानीमा सघन कक्षमा रहनुहुन्छ ।”


    
गत माघमा स्वास्थ्यमा एक्कासी समस्या देखिएर पोखराको गण्डकी मेडिकल कलेजमा परीक्षण गराउँदा बुबाको कलेजोमा खराबी देखिएको राजभण्डारीले बताउनुभयो । “थप उपचारलाई काठमाडौँको ग्राण्डी अस्पताल पनि लगियो, चिकित्सकले अरु उपचारले नहुने र कलेजो प्रत्यारोपण नै एकमात्र विकल्प रहेको बताएपछि बुबालाई कलेजो दिने निर्णयमा म पुगेँ ।”

 

नेपाली चिकित्सककै राय, परामर्शमा कलेजो प्रत्यारोपणका लागि नयाँ दिल्ली आएको उहाँको भनाइ छ । ४३ वर्षीय राजभण्डारीले आफू र बुबाको स्वास्थ्य लाभको कामना गर्ने र सदासयता राख्नेप्रति आभारी रहेको जनाउनुभयो । कलेजो दान दिएर बुबाको जीवन बचाएकामा धेरैले उहाँको प्रशंसा गरिरहेका छन् ।

रामेछाप:   उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं  का...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ ।  पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्र...

थप पढ्नुहोस्

काठमाडौं:   प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् ।  सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्द...

थप पढ्नुहोस्